August 8, 2026

आत्मसुरक्षातर्फ, समुदायमा आएको परिवर्तन

नलगाड र भेरी नगरपालिकामा सञ्चालन गरिएको मनोसामाजिक सचेतना कार्यक्रमपछि समुदायमा उल्लेखनीय सकारात्मक परिवर्तन देखिन थालेको छ। कार्यक्रममा भेरीका करिब तीन हजार र नलगाडका एक हजार बालबालिका तथा वयस्क गरी करिब चार हजार जना सहभागी भएका छन्।

बालबालिकालाई मनोसामाजिक तथा मनोपरामर्शसम्बन्धी अभिमुखीकरण गर्दै

कार्यक्रममार्फत अभिभावक र बालबालिकासँग मनोसामाजिक समस्या, यसको कारण, लक्षण, समाधानका उपाय तथा समस्या देखिएमा कहाँ, कसरी रिफरल गर्ने भन्ने विषयमा छलफल गरिएको थियो। अभिभावकहरूले मनोपरामर्श सहयोग किन आवश्यक छ भन्ने विषयमा जानकारी पाए भने बालबालिकाले असल खराब छुवाइ, नजिकका व्यक्तिको पहिचान, सुरक्षित व्यवहार आत्मसुरक्षाका उपायहरूबारे जानकारी पाए।

कार्यक्रमपछि धेरै बालबालिका र वयस्कहरूले मनोसामाजिक स्वास्थ्यबारे बुझ्न थालेका छन्। जोखिमबाट बच्न र समस्या आउनुअघि नै सचेत हुन परिवारभित्रै छलफल गर्ने अभ्याससमेत सुरु भएको छ। पहिले सामान्य ठानिने मानसिक तथा सामाजिक समस्याबारे अहिले परिवारमा खुलेर कुरा गर्न थालिएको छ।

बालबालिकाहरु मनोपरार्शको बारेमा समुह कार्य गर्दै

एक सहभागी अभिभावकले भने, पहिले बालबालिकाको व्यवहारमा आएको परिवर्तनलाई सामान्य ठान्थ्यौँ। अहिले त्यसको कारण बुझ्ने, बालबालिकासँग कुरा गर्ने आवश्यक परे सहयोग खोज्ने तरिका सिकेका छौँ।

बालबालिकालाई मनोसामाजिक तथा मनोपरामर्शसम्बन्धी अभिमुखीकरण गर्दै।

यस कार्यक्रमले समुदायलाई एउटा महत्वपूर्ण सन्देश दिएको छ  मनोसामाजिक समस्या लुकाउने विषय होइन, बुझ्ने समयमै सहयोग खोज्ने विषय हो। बालबालिका तथा परिवारले जोखिम पहिचान गर्न, सुरक्षित रहन र आवश्यक सहयोगका लागि सही ठाउँमा पुग्न थालेपछि समुदाय अझ सुरक्षित र सहयोगी बन्दै गएको छ।

 

share it:

Notes